१ सय १३ वर्षकी महिलाले उमेर ढाँटेर खोलिन् फेसबुक

83
  •  
  •  
  •  

Anna Steohrकाठमाडौ, २६ असोज(एजेन्सी) : विश्वकी सबैभन्दा बृद्ध महिलामध्येकी एक महिलाले आफ्नो उमेर ढाँटेर फेसबुक एकाउण्ट खोलेकी छिन् । १ सय १३ वर्षिया एन्ना स्टोयहरले फेसबुक एकाउण्ट खोल्दा आफ्नो उमेर ढाँटेकी थिइन् । उनले आफ्नो जन्म सन् १९०५ मा भएको झुठो जानकारी दिँदै फेसबुकमा एकाउण्ट खोलेको बताएकी छिन् ।

उनी मिन्नेसोटामा बस्दै आएकी छिन् र उनले फेसबुकमा एकाउण्ट खोल्दा १५ वर्ष उमेर घटाएकी थिइन् । उनको जन्म सन् १९०० अक्टुबर १५ मा भएको थियो र उनले फेसबुकमा १९०५ लेखेर एकाउण्ट खोलेकी थिइन् ।

उनले एक कम्पनीका मानिसलाई फेसबुक एकाउण्ट खोल्न, इन्टरनेट चलाउन, इमेल चेक गर्न सिकाएकोमा धन्यवाद समेत दिएकी छिन् । उनलाई सामाजिक सञ्जालको दुनियाँमा ‘बृद्ध किशोरी’ पनि भन्न थालिएको छ । उनले अहिले फेसबुक चलाउनका लागि आईप्याडको प्रयोग गर्दै आएकी छिन् ।


  •  
  •  
  •