जुवा खेलीरहेको अवस्थामा एघरा जना पक्राउ

331
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): जुवा खेलीरहेको अवस्थामा एघरा जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिशेष सुचनाको आधारमा प्रहरी प्रभाग बलम्बुद्धारा खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका वडा नं.१३ नैकाप ठकुरी गाउ स्थित सिता पनेरुको घरमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरको हो।

सइ गोविन्द बहादुर साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले पनेरुको उक्त घरको दुई वटा
कोठामा उमेरले ७० वर्ष कटेका ११ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।

जुवा खेलिरहेको अबस्थामा घर धनी सहित ११ जनालाई टोलीले पक्राउ गरेको प्रहरी प्रभाग बलम्बुकी इन्स्पेक्टर शर्मिला गुरुङ्गले बताइन्। उनले भनिन्,‘ जुवाको खालबाट ५४ हजार ६ सय ५ रुपैयाँ समेत टोलीले बरामद गरेको हो’ पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाइएको बलम्बु प्रभागले जनाएको छ। ।


  •  
  •  
  •