११ दिन कोठामा थुनेर १६ वर्षकी छात्रामाथी सामूहिक बलात्कार

154
  •  
  •  
  •  

काठमाडौँ, १९ पुस(एजेन्सी) : उत्तर प्रदेशको वाराणासीको चोलापुर क्षेत्रको एक गाउँमा १६ वर्षकी एक किशोरीलाई ११ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको घटना बाहिर आएको छ ।

कक्षा १० मा पढ्दै गरेकी ती छात्रा शनिबार सोही ठाऊँको बाटोमा बेहोस भेटिएपछि उनको बलात्कार भएको घटना सार्वजनिक भएको हो । ती छात्राकी आमाले दुई जना युवकविरूद्ध अपहरण, दुराचार र पाक्सो ऐन अन्तर्गत मुद्धा दर्ता गरेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कक्षा १० मा पढ्ने ती छात्रा गत २३ डिसेम्बरदेखी आफ्नो घरबाट विद्यालय जाँदै गर्दा हराएकी थिइन् । उनका परिवार तथा छिमेकीले खोज्दा नभेटपछि उनीहरूले प्रहरीमा हराएको सूचना दिएका थिए । तर, उनीहरूले प्रहरीले ती छात्रालाई खोज्नका लागि कुनै प्रयास नगरेको आरोप लगाएका छन् । शनिबार छात्रा बेहोस अवस्थामा बाटोमा फेला परेकी थिइन् । गाउँलेहरूले जानकारी दिएपछि उनकी आमा उक्त स्थानमा पुगेकी थिइन् ।

होस आएपछि छात्राले आफूमाथि भएको दुराचारबारे बताएकी थिइन् । उनले दुई युवकले आफूलाई मोटरसाइकलमा जबरजस्ति राखेर लगेको बताइन् । बडागाँउस्थित कसैको घरमा लगेर एउटा कोठामा बन्द गरेका थिए । यसपछि उनलाई आरोपीहरूले सामुहिक बलात्कार गर्ने गर्थे ।


  •  
  •  
  •