१ हजार जित दर्ता गर्दा पनि फेडेररले कीर्तिमान बनाउन सकेनन्

77
  •  
  •  
  •  

1000th-win-for-roger-federerकाठमाडौ, २८ पुस(एजेन्सी) : ग्राण्ड स्लामका बादशाह बनेका स्विटजरल्याण्डका रोजर फेडेररले मिलोस राओनिकलाई आईतबार निकै कडा प्रतिष्पर्धामा पराजित गर्दै आफ्नो १ हजारौ जीत दर्ता गरेका छन् ।

ब्रिस्बेन इन्टरनेशनल टेनिस प्रतियोगिताको उपाधी कब्जा गर्ने क्रममा फेडेररले राओनिकलाई ६-४, ६-७, ६-४ ले पराजित गरेका थिए । स्विस मास्टर फेडेररले क्यानडाका राओनिकको कडा चुनौतीलाई तीनै सेटमा आफ्नो पक्षमा पारेका थिए ।

आफ्नो उत्कृष्ट करिअरमा १७ वटा ग्राण्ड स्लाम जितिसकेका ३३ वर्षीय फेडेररको यो १ हजारऔ जीत थियो । उनी जिमी कोनर्स तथा इवान लेण्डलपछि यो उपलब्धी हासिल गर्ने विश्वका तेस्रा खेलाडी हुन् । फेडेररको करिअरमा उक्त जितसँगै १ हजार जीत र २ सय २७ हार भएको छ । अमेरिकाका जिमी कोनर्सले आफ्नो करिअरमा १ हजार २ सय ५३ खेल जितेका थिए र २ सय ७८ हार बेहोरेका थिए । यस्तै, चेक गणतन्त्रका लेण्डलले १ हजार ७१ खेल जितेका थिए र २ सय ३९ हार बेहोरेका थिए ।


  •  
  •  
  •