सुर्खेतमा सय बढिको मृत्यु भएको अनुमान

361
  •  
  •  
  •  

सुर्खेत, ३१ साउन (ओएनएस) : लगातारको वर्षापछि आएको बाढीले सुर्खेतमा १ सय बढीको मृत्यु भएको अनुमान गरिएको छ । सदरमुकाम वीरेन्द्रनगर, तातोपानी , साटाखनी, सहारे, लाटीकोइली, बाबियाचौ र तरंगा गाविसमा बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ ।

सदरमुकाममा खोर्के खेला र इत्राम खोलामा आएको बाढीले खोला छेउछाउका वस्ती बगाएको छ भने, पश्चिमका गाविसहरुमा भरी नदी वस्तीमा पसेको छ । सुर्खेतका सबै घटनामा शनिबार बिहानसम्म २० जनाको शव फेला परेको छ भने, ९७ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले वेपत्ताको संख्या बढ्न सक्ने र वेपत्ताहरु जिवितै भेटिने सम्भावना निकै कम रहेको छ । वेपत्ताहरुलाई मृत घोषणा नगरिएपछि उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सुर्खेतमा हालसम्मकै धेरै वर्षा भएको छ । शुक्रबार सुर्खेतमा ४ सय २३ मिलिटिर वर्षा भएको थियो । यसअघि २०२० सालमा ३ सय ७६ मिलिटर वर्षा भएको थियो । शनिबार पनि वर्षा भइरहेको जनाइएको छ । नेपाली सेना तथा प्रहरी उद्धारमा खटिएको जनाइएको छ ।


  •  
  •  
  •