सिन्धुपाल्चोक पहिरोमा सय जना बेपत्ता ?

388
  •  
  •  
  •  

काठमाडौ, १७ साउन(ओएनएस)। सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा कति जना पुरिए भन्ने यकिन भएको छैन् । तर उच्च सरकारी स्रोतका अनुसार पहिरोमा जर्दनौ पुरिएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ का सभासद मोहन बहादुर बस्नेतले पहिरोमा परेर सय जना बेपत्ता भएको बताएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

इनेटी गाउँ नै पहिरोले पुरेका कारण २० घरका सबै पुरिएको आशंका गरिएको छ । त्यस्तै पहिरोले राजमार्ग छेउका ८ घर पनि पहिरोमा पुरिएका छन् ।

पहिरोमा पुरेर सम्पर्क बिहिन बनेका नागरिकका छिमेकी र आफन्तहरु घटनास्थलमा पुगेका छन् । यति ठुलो विपत्ति हुने गरी नेपालमा पहिरो गएको थिएन ।
२ बर्ष अघि कास्कीमा सेती नदीमा हिम पहिरो आएपछि आएको बाढीमा दर्जनौ बेपत्ता भएका थिए ।


  •  
  •  
  •