१०० गोल गर्ने पहिलो खेलाडी बने साहुखल

197
  •  
  •  
  •  

काठमाडौं । च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयौं गोल पूरा गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा सन्तोष साहुखलले १०० गोल गरेका हुन् ।

बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं १०० गोल गर्ने पहिलो खेलाडी बने ।

पुलिसविरुद्ध १८ मिनेटमा गोल गर्दै साहुखलले यो कीर्तिमान बनाएका हुन् । यसअघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए । यस सिजनमा उनले पहिलो खेलमा संकटाविरुद्ध २ गोल गरे भने दोस्रो खेलमा मछिन्द्रविरुद्ध १ गोल गरे ।

गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २–० गोलको जित र मछिन्द्रमाथि १–१ गोलको बराबरी खेलेको थियो ।
२०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन् ।

लिगमा सन्तोषले गरेका गोलहरु

२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ४ गोल

 


  •  
  •  
  •