सय रुपैयाँ दिन खाेज्ने गाडीका सह-चालकमाथि सार्वजनिक मुद्दा

589
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख (ओएनएस) : सय रुपैयाँ दिन खाेज्ने गाडीका सह-चालकमाथि सार्वजनिक मुद्दा दर्ता भएकाे छ। रुपन्देहि वुटवल ११ मझगाउ का ३४ वर्षीय अनिल खड्गी विरुद्ध मुद्दा दर्ता भएका हाे। उनी विरुद्ध ६ दिन म्याद थप गरेर थप अनुसन्धान समेत भइरहेकाे छ।

चन्द्रागिरी नगरपालिका ११ सिप्रदी स्थित सडक खण्डमा बुधबार सवा ६ वजेको समयमा वुटवल वाट काठमाण्डौ तर्फ आउदै गरेको यात्रुवाहक वस चेकजांच गर्ने क्रममा सो वसका सहचालक खड्गीले आर्थिक प्रलोभन देखाइ कामकारवाहीमा वाधा पुर्याएको कसूरमा वलम्वु प्रहरी प्रभागले उनलार्इ नियन्त्रणमा लिएकाे वलम्वु प्रहरी प्रभागका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शर्मिला गुरुङले बतार्इन्।

उक्त बसमा कान्तिपुर मिडियाका उपकरणहरु रहेको र सो सम्पुर्ण चेकजाँच गरिरहदा समय बढी लाग्ने सोचि सहचालक खड्गीले ड्युटीमा खटिएका प्रहरी हवल्दार शनिश्चर थारुलाई गाडि चेकजाच नगर्न सो प्रलोभन देखाएको अाराेपमा उनलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।

यसरी आर्थिक प्रलोभन देखाउनेको विरुद्द वलम्वु प्रहरी प्रभागले चालेको कदमको वारेमा वलम्वु प्रहरी प्रभागका कार्यालय प्रमुख इन्स्पेक्टर गुरुङसंग जिज्ञासा राख्दा उनले भनिन् “घूस लिने र दिने दुवै देशका शत्रु हुन भन्ने कुरा हामीलाई थाहा हुँदा हुँदै पनि हामी त्यस्तालाई कारवाही गर्न पछि हटिरहेका हुन्छौ तर वलम्वु प्रहरी सधै यस्ता देशका शत्रुका विरुद्द लागिरहन्छ”

साथै भ्रष्टाचारको विरुद्दमा आफुले देखाएको वाटोमा आफ्ना सहकर्मी समेत खुल्लाहृदयले लोभलालचमा नपरी लागेकोमा आफु वलम्बु प्रहरी प्रभागको एक सदस्य भएकोमा गौरवान्वित भएको समेत उनले बताइन।
यस भन्दा अघि पनि गाडि चेकजाच गर्ने क्रममा नै आर्थिक प्रलोभन देखाएको कसूरमा वलम्वु प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गरिसकेको छ।

 


  •  
  •  
  •