१० वर्षको बच्चामाथी गोहीको आक्रमण, बालबाल जोगिए उफ्रिँदा…(तस्विरसहित)

94
  •  
  •  
  •  

काठमाडौ, १० असोज(एजेन्सी) : गोहीको सामुन्ने जाने हिम्मत निकै कमले मात्र जुटाउछन् । तर, अष्ट्रेलियाका एक १० वर्षीय बालकले गोहीको नजिकै गएर खाना खुवाउने हिम्मत गरेका छन् । ती बालकको नाम रोबर्ट इरबिन हो । बिहिबार रोबर्ट क्विन्सल्याण्डको सनसाइन कोष्टमा एक ट्रेनरसँग गोहीलाई खाना खुवाउन पुगे । यस क्रममा एक सानो गोहीले रोबर्ट माथी नै आक्रमण गर्यो, तर उनी उफ्रेर बच्न सफल भए ।

१० वर्षका रोवर्टका पिता स्टीव इरबिन विश्वका गोहीका हण्टर थिए, उनको सन् २००६ मा मृत्यु भएको थियो । यस्तै, उनकी आमा टेरी पनि यस्तै काम गर्नका लागि पोख्त छिन् । स्टीव सानैदेखी नै आफ्नो छोरा रोबर्टलाई लिएर गोहीको नजिकै जान्थे र रोबर्टलाई काखमा राखेर गोहीलाई खाना खुवाउने काम गर्थे ।

उक्त अष्ट्रेलियाली चिडियाखानामा प्रत्येक बिहिबार जू फिडिङ शो आयोजना हुने गर्दछ । यसैक्रममा रोवर्ट आफ्ना पिताका साथी वेस मैन्नियोनसँग गोहीलाई खाना खुवाउन पुगेका थिए ।

 

10-years-old-boy-faces-off-against-giant-crocodile4 10-years-old-boy-faces-off-against-giant-crocodile3 10-years-old-boy-faces-off-against-giant-crocodile2 10-years-old-boy-faces-off-against-giant-crocodile1 10-years-old-boy-faces-off-against-giant-crocodile


  •  
  •  
  •