अपहरणकारीले जिउँदै गाडे बालक, यसरी भएको थियो अपहरण

206
  •  
  •  
  •  

balakकाठमाडौं, २६ जेठ (ओएनएस) :  १० बर्षीय बालकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने भक्तपुर कौशलटार सागबारी बस्ने दोलखा मार्बु–९ घर भएका २३ बर्षीय भिमबहादुर मगर र भक्तपुर बालकोट बस्ने दोलखा मार्बु–३ घर भएका २६ बर्षीय रुद्र खत्री (अभिषेक) लाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २३ गते दिउसो ३ बजे सिन्धुपाल्चोक दुवाचौर–१ घर भई काठमाडौँ गोकणेश्वर नगरपालिका–१४ दक्षिणढोका अर्याल गाउँमा डेरा गरी बस्ने भिमसेन बन्जाराको १० बर्षीय छोरालाई घर नजिकैको चौरबाट फुटवल हेर्न जाउँ भनी ललाई फकाई अपहरण गरेका थिए ।

अपहरणकारीहरुले नजिकैको कृष्ण मन्दिर जंगलमा बालकलाई लगेर कुटपिट गरी मरेको ठानी खाडलमा पुरी फिरौती माग्न सुरुअात गरेका थिए ।  बच्चा चाहिने भए ५० लाख लिई जेठ २५ गते सोमाबार १० बजे सिन्धुपाल्चोकको एकाईस किलोको काला पत्थरमा आउनु भनी बालकको परिवारलाई फोन तथा म्यासेज गरेका थिए ।

सुरुमा फकाउँदै लगेका उनीहरूले जंगलको बीचमा पुर्‍याएपछि पिट्न सुरु गरेका थिए । बालकसँग सुरुमा बुबाआमाको नम्बर मागेको तर बालकले दिदीको नम्बर दिएका थिए ।  नम्बर पाएपछि दिदीलाई फोनगर्नुअघि उनीहरूले बच्चाको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मुख बन्द गरेर घाँटी थिच्दा बालक बेहोस भएपछि उनीहरूले ‘मृत्यु भएको’ ठानेर बालकलाई खाल्डोमा हालेर माथिबाट बालुवा र स्याउलाले छोपेर हिँडेका थिए ।

उनीहरूले बालकलाई खाल्डोमा हालेपछि‘अब मर्‍यो, जाउँ’ भन्दै हिँडेको बच्चाले सुनेका रहेछन् । अपहरणकारीले बालकको दिदीलाई फोन गर्नुअघि नै बालक होसमा आएर आफन्तको सम्पर्कमा पुगेका थिए । उनी आफू पढ्ने गरेको अलमाइट आइडियल स्कुलछेउमा रक्ताम्मे अवस्थामा पुगेका थिए । स्कुलले उनको आफन्तको नम्बर पत्ता लगाएर खबर गरिदिएका थिए ।

बोल्न सक्ने स्थितिमा रहेका उनले आमा र दिदी आएपछिआफूलाई अपहरण गरेर जंगलमा पुर्‍याई मर्‍यो भनेर अपहरणकारीले फालेको बताएका थिए । त्यसपछिफेरि बेहोस भएका उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको थियो । त्यसपछिमात्र अपहरित बालकका आफन्तले अपहरण भएको थाहा पाए ।

अपहरण गर्नेले त्यसपछि दिदीलाईफोन गरेर भाइलाई आफूहरूले अपहरण गरेको र जीवितै चाहिए ५० लाख रुपैयाँ लिएर सिन्धुपाल्चोकको एक्काइस किलो भन्ने स्थानमा आउन भनेका थिए । प्रहरीले भवानीलाई भाइ फेला परिसकेको सूचना अपहरणकारीलाई नदिन सुझाएका थिए । उनलाई प्रहरीले पैसामा बार्गेनिङ गर्न लगाएको थियो । अन्तिममा ५ लाख रुपैयाँमा कुरा मिलाएर पैसा पुर्‍याउने बहानामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका द्वयले अपहरण गरेर बालकको हत्या प्रयास गरेकोस्वीकार गरेका छन् । अपहरणमा परेका बालकले अपहरणकारीमध्ये एक जनालाई चिनेकाले उनीहरूले ढाँट्न नसकी बालकको हत्या प्रयास गरेको बयान दिएका हुन् । प्रहरीका अनुसार शनिबार दिउँसो ३ बजे खेलिरहेको स्थानमा आएका उनीहरूले बालकलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घरमा पेन्टिङकोकाम गर्ने उनीहरूले एक महिना अघिदेखि बच्चा अपहरण गरेर पैसा कमाउने योजना बनाएका थिए  । उनीहरूले त्यो क्षेत्रका अरू तीन बालकमाथि पनि ‘आँखा गाडेका’ थिए ।

फिरौती रकम माग्ने उनीहरुलाई सूचना प्राप्त भएको ४ घण्टामै महानगरीय अपराध हाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार भक्तपुरको बालकोट र कौशलटारबाट पक्राउ गरेको थियो ।

प्रहरीले भिम बहादुर मगरको साथबाट फिरौती रकम माग गर्न प्रयोग गरेको ९८१६७४१८८९ नम्वरको मोवाईल १ थान र खुकुरी १ थान बरामद गरेको छ ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ ।


  •  
  •  
  •