चलचित्र ‘पिके’का १० गोप्य कुरा, जसले पारिदिन्छ सबैलाई हैरान…

333
  •  
  •  
  •  

काठमाडौ/पुस : अमिर खानको चलचित्र ‘पिके’ शुक्रबार रिलिज हुँदैछ । बलिउडमा अहिले पिके को निकै चर्चा चलिरहेको छ । बलिउडमा पिकेले अहिलेसम्मका धेरै रेकर्डहरू तोड्ने अनुमान पनि धेरैले गरेका छन् ।

aamir khan film pk2यो चलचित्रले कतिको व्यापार गर्छ त्यो त चलचित्र सार्वजनिक भएपछि नै थाहा हुनेछ तर, यसले मानिसहरूमा उत्सुकताको पहाड नै खडा भइरहेको छ । अमिर आफैले चलचित्र ‘पिके’ आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट चलचित्र भएको बताइरहँदा दर्शकमा थप उत्सुकता बढ्नु स्वभाविक पनि हो । तर, चलचित्र हेरेपछि मात्र अमिरले किन यसो भने या उनले झुठो त बोलेनन् भन्ने आशंका समेत मेटिने छ । चलचित्र ‘पिके’मा अमिरको भूमिका कस्तो छ र चलचित्रको  कथा के हो त्यो भने सार्वजनिक भएपछि नै थाहा हुनेछ ।

aamir khan film pk1यसैक्रममा भारतका केही सञ्चारमाध्मयहरूले चलचित्र ‘पिके’को विषयमा केही गोप्य विषयहरूको खुलासा गरेका छन् । के छन् ती गोप्य विषयहरू थाहा पाऔ…

  • चलचित्र ‘पिके’ को नाम ‘एक था टल्ली’ राख्ने सोचाई बनाइएको थियो तर, चलचित्र ‘एक था टाइगर’का कारण चलचित्रको नाम ‘पिके’ राखिएको हो ।
  • चलचित्र ‘पिके’ ६ जुनमा सार्वजनिक हुने बताइएको थियो तर, पछि चलचित्र प्रदर्शनको समय बढाएर क्रिसमसको नजिकै गरिएको थियो । क्रिसमस अमिरका लागि निकै भाग्यशाली हुँदै आएको छ । उनको ब्लकबस्टर चलचित्र ‘थ्री इडियट्स’ र ‘गजीनी’ क्रिसमसमा नै रिलिज गरिएको थियो ।
  • चलचित्र ‘पिके’ मा अमिर के बनेका छन्, एलियन वा एष्ट्रोनट ? वा अन्य कुनै ? यसलाई लिएर निकै चर्चा बटुलेको छ । अमिरले ट्रेलरमा आफूलाई एष्ट्रोनट भएको बताइरहेको देखाईएको छ तर, त्यो गोप्य नै रहेको छ ।उनी कस्तो भूमिकामा छन् थाहा नभए पनि उनी ९ वटा अवतारमा देखिने बताइएको छ ।
  • राजकुमार हिरानीले चलचित्र ‘पिके’ को स्क्रिप्ट लेख्न पाँच वर्ष लागेको थियो ।
  • चलचित्रको कथा ‘ओह माई गड’ सँग मिल्थ्यो, जसका कारण राज हिरानीलाई उक्त चलचित्रमा निकै धेरै परिवर्तन गर्नुपर्यो ।
  • निर्देशक राजु हिरानीले चलचित्र ‘पिके’मा कोरियोग्राफी पनि गरेका छन् । उनले एक डान्स स्टेप पनि नयाँ ल्याएका छन् । यो कुन स्टेप हो त्यो हेर्न भने चलचित्र हेर्नै पर्ने हुन्छ ।
  • अमिर खानले चलचित्र ‘पिके’को भूमिका निभाउनका लागि दुई वर्षसम्म भोजपुरी सिकेका थिए । उनले टेलिभिजन स्टार शान्ति भूषणको मद्धतले भोजपुरी सिकेका हुन् ।
  • अमिर खानलाई यो चलचित्रको शुटिङ्गका क्रममा सयौ पान खानु परेको थियो । ट्रेलरमा अमिर मुखमा पान दवाएर भोजपुरीमा बोलिरहेको देखिएको छ । उनले भोजपुरी बोलेको पनि निकै राम्रो सुनिएको छ । शुटिङ्गसँग जोडिएका मानिसका अनुसार अमिरले हरेक शटको लागि १० देखी १५ वटा पान खानु परेको थियो ।
  • चलचित्रको पोष्टरमा अमनिर न्युड देखिएका छन् तर, यो पोष्टर चलचित्र निर्माण गर्नु अघिनै तयार गरिएको थियो । जुन समयमा पोष्टर बनाइएको थियो, त्यतिबेला ‘धुम-३’ को सुटिङ्ग पनि भएको थिएन ।
  • अमिर यस चलचित्रमा एलियनको भूमिकामा रहेका छन् । चलचित्रमा उनी भगवान रहेको कुरामा प्रश्न उठाऊँछन् साथै आफ्नो निर्दोष प्रश्नहरू सोधेर अन्यलाई हैरान गर्छन् । यतिमात्र होइन उनले लगाएको घाँघरले के देखाउन खोजिएको छ भने एलियनलाई पुरूष या महिलामा कुनै फरक पर्दैन ।

  •  
  •  
  •