हिन्दु धर्म ग्रन्थमा बिहान चाँडै उठेर नुहाउनुलाई निकै नै महत्वपूर्ण मानिन्छ । बिहान नुहाउनाले रोग या शरिर मात्र नभई मनको द्धेष, चिन्ता तथा तनावलाई समेत कम गर्ने बताइन्छ । पौराणिक मान्यता अनुसार भगवान् विष्णुको आदेशबाट सुर्योदयभन्दा अगाडि लगभग साढे दुई घण्टाको शूभ समयमा पानीमा देउवाहरू तीर्थ बास गर्ने गर्छन् । यसकारण बिहान स्नानबाट सबै पापहरूको नाश र तीबाट रक्षा समेत गर्ने गर्छन् । खास गरेर आईतबार वा मंकर संक्रान्ति जस्ता सूर्यको पूजा गर्ने दिनमा ननुहाई धार्मिक कार्य गर्नु राम्रो मानिँदैन ।
बिहान स्नान गर्नाले १० वटा फाइदा हुने बताइएको छ र यी फाइदाहरू जीवनसँग कयौ विषय र कामनासँग जोडिने शास्त्रमा बताइएको छ ।
हिन्दू धर्मशास्त्रमा एउटा श्लोक छः
गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।
आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:।।
सरल भाषामा भन्दा बिहान स्नान गर्दा १० वटा गुण प्राप्त हुन्छन् । यसमा पहिलो होः रूप वा सौन्दर्य । यसका साथै अन्य ९ गुण यस्ता छन्ः
– शारीरिक शक्ति
– ज्ञान, ऊर्जा
– बलियो मानसिक अवस्था
– पवित्रता अर्थात् मन, विचार र कर्म
– स्वास्थ्य।
– बुद्धि र विवेक
– सपनाबाट छुटकारा
– लालसाबाट मुक्ति
– यश, कीर्ति।
हरेक शूभ समयमा या दैनिक रूपमा बिहान नुहाउँनाले शरिर निरोगी हुनुका साथै मन-मष्तिष्क पनि उर्जावान् र तनावमुक्त रहन्छ । यसले केवल मानिसको उमेर मात्र बढाउँदैन, यसले मनोबल बढाउँछ र मनमा आउने राम्रा विचारले मानिसलाई सफल र यशस्वी बनाउन मद्धत गर्छ ।
शास्त्रका अनुसार बिहान नुहाउनाले शरीरका साथै मनलाई पनि पवित्र बनाइदिन्छ ।
Comments are closed.