निर्वाचनविरूद्व आन्दोलन गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

232
  •  
  •  
  •  

काठमाडौँ, २८ चैत(ओएनएस) : तोकिएको निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्न माग गर्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

आगामी बैशाख १० गतेका लागि तोकिएको निर्वाचन रोक्नुपर्ने माग गर्दै एमाओवादी, वैद्य माओवादी र मधेसी दल निकट कर्मचारीहरू सरकारी काम नै रोकेर आन्दोलनमा उत्रिएका हुन् । कांग्रेस र एमाले लगायतका  दलका कर्मचारी संगठन भने ट्रेड युनियनको निर्वाचन गर्नुपर्ने पक्षमा  छन् ।

उनीहरूले सामान्य प्रशासन मन्त्रालय बाहिरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शन गरिरहेका कर्मचारीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई कार्यालयको झ्यालको सीसा तथा प्रहरीको गाडीको सीसा फुटाएको भन्दै पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले लाठीचार्ज समेत गरेको छ । यसक्रममा अनलाइनखबरका फोटोपत्रकार कबिन अधिकारी पनि घाइते भएका छन् ।


  •  
  •  
  •