अमेरिकी हवाई कारबाहीमा मारिए १० आईएस कमाण्डर

236
  •  
  •  
  •  

काठमाडौँ, १५ पुस(एजेन्सी) : इराक र सिरियामा अमेरिकी सेनाले गरेको हवाई कारवाहीमा १० जना इस्लामिक स्टेट(आईएस)का कमाण्डरहरु मारिएको एक अमेरिकी सैन्य प्रवक्ताले बताएका छन् ।

अमेरिकी सेना कर्णेल स्टीभ वारेनका अनुसार मारिएका कमाण्डरहरूमध्ये केही गत महिना भएको पेरिस आक्रमणमा संलग्न भएका थिए भने अन्य केहीले पश्चिमा देशमा आक्रमणको तयारी गरिरहेका थिए । पेरिस आक्रमणका मुख्य नाइके अब्दलहमीद अबाउदसँग प्रत्यक्ष सम्बन्धमा रहेका भनिएका शराफ अल मुआदन उक्त कारवाहीमा मारिएको बताइएको छ ।

कर्णेल स्टीभका अनुसार १० डिसेम्वरको हवाई कारबाहीमा बेलायतमा पढेका एक बंगलादेशका कम्प्युटर इन्जिनियर मारिएका थिए । ती इन्जिनियरले कम्प्युटर ह्याक गर्न, हतियार विकास गर्न र निगरानीबाट बच्नका लागि प्रविधीमार्फत विद्रोहीहरूलाई सहयोग गर्दै आएका थिए । उनी मारिएपछि आईएसलाई ठूलै नोक्सान भएको समेत कर्णेल स्टीभको भनाई छ ।


  •  
  •  
  •