ट्रकलाई बसले ठक्कर दिँदा १० घाइते

137
  •  
  •  
  •  

धादिङ, २१ कात्तिक(ओएनएस) : शनिबार बिहान एक रात्री बसले ट्रकलाई ठक्कर दिँदा १० यात्रु घाइते भएका छन् ।

आज बिहान पौने ६ बजे सप्तरीबाट काठमाडौं आउन रोकी राखेको ना ३ ख ८८७७ नम्बरको ट्रकलाई भुमेस्थान-४, हुलाकीडाँडामा ना ५ ख ५५८७ नम्बरको रात्रीसेवाको बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनेहरूमा प्राय: सबै बसका चालकसँगै क्याबिन र बोनटमा बस्नेहरू रहेका छन् ।

घाइते सबैको मेगा अस्पतालमा उपचार भइरहेको र चालक सर्लाही हरिपुर-१ निवासी सोमबाबु पासवान निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक हरिसाद पौडेलले बताए । बस चालक पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •