संविधानसभाका खलनायकहरु को-को हुन् ?

65
  •  
  •  
  •  

काठमाडौं । दलहरुले संविधान जारी गर्न तोकिएको अन्तिम मिति माघ ८ मा संविधान नआउने पक्कापक्की भैरहेको छ । सत्तारुढ नेपाली काँग्रेस तथा नेकपा एमाले र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीच तीब्र विवाद बढेपछि तोकिएको समयमा संविधान जारी हुनन नसक्ने भएको हो ।

दलहरुबीच संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीमा विवाद छ । तोकिएको समयमा संविधान जारी गर्न नसक्ने पक्का भएपछि सभाध्यक्ष सुवास नेम्वाङले बुधबार बैठक अवरुद्ध गरेका विपक्षी सभासदलाई भने ‘ एक वर्षमा संविधान जारी गर्ने बाचा गर्नु भएका तपाईहरुले जनतालाई अब के जवाफ दिनुहुन्छ, कसरी जनतासमक्ष प्रस्तुत हुनुहुन्छ ?

को को हुन् त मुख्य दोषि ?

१. पुष्prachandaपकमल दाहाल प्रचण्ड : संविधानमा कुनै तार्किक विमति छैन । आफै सहमति जुटाउने उच्चस्तरीय समितिको संयोजक भइकन पनि सहमतिको प्रयास गरेनन् । बरु संविधानसभाको प्रक्रियालाई भाँड्न खोज्नेहरुसँग मोर्चाबन्दी गरी आन्दोलनमा होमिए । विरोध र असहमतिलाई दर्ज गराएर लोकतान्त्रिक प्रक्रिया अपनाउन सहयोग पनि गरेनन् । त्यसैले संविधानसभा अनिर्णयको बन्दी छ ।

sushil-koirala

२. सुशील कोइराला :  मुलुकको प्रधानमन्त्री, संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा सहमतिका लाागि उचित पहलकदमी लिएनन् । मौखिक रुपमा विनविन र गिभ एन्ड टेक भने पनि के गिभ गर्ने र के टेक गर्ने भन्ने प्रस्ताव उनले ल्याएनन् । बरु एमाओवादीसँग एमालेलाई भिडाएर सत्ताको आयु लम्ब्याउनतिर लागे ।

baburam_bhattarai३. बाबुराम भट्टराई :  सुरुसुरुमा गम्भीरतापूर्वक छलफल र सहमति जुटाउन क्रियाशील भए पनि निर्णायक दिनहरुमा उनले पार्टीको घेराबाट माथि उठी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिका रुपमा भूमिका खेल्न सकेनन् । राजनीतिक आग्रह र अडानबाट संवाद, सहमति हुँदै संविधानसभाको आगामी प्रक्रियालाई सहज हुने किसिमले विज्ञ समितिको रुपमा भूमिका खेल्न सकेनन् । प्रक्रियालाई झन् अड्काउने, विवाद लम्ब्याउनेतिर लागे ।

Krishna-sitaula४. कृष्ण सिटौला : संविधानसभाका अध्यक्षले राजनीतिक दलहरुले नसक्ने हो भने आफै मस्यौदा गर्न तयार रहेको भन्दै सहमतिका लागि दबाब दिन खोज्दा एमाओवादीभन्दा पनि अघि सरेर त्यसको विरोधमा उत्रिए । आफ्नो भूमिका खोज्ने नाममा उनले विपक्षीलाई उचाल्ने र तटस्थ भूमिकामा रहेका सभाध्यक्षलाई विवादमा पार्ने काम गरे । माघ ८ मै संविधान जारी हुँदा केपी ओली प्रधानमन्त्री हुने र झापा जिल्लाको राजनीतिमा आफू ओझेल पर्ने डरले उनी संविधान निर्माणको बाधकका रुपमा देखिएका छन् ।

kp-oli५. केपी ओली : केही समययता उनले माघ ८ मै संविधान जारी हुनुपर्ने, जातीय आधारमा राज्यको पुनःसंरचना नहुने र तराईको केही भाग पहाडका प्रदेशहरुमा पनि मिलाउनुपर्ने अडान त राखे । उनको यो अडान ठीक भन्नेहरुले पनि शैलीलाई ठीक भन्न सकेनन् । उनको रुखो प्रस्तुतिका कारणले पनि विपक्षीहरु बिच्किए । संविधानसभाको दोस्रो ठूलो दलको नेताको हैसियतले सबैलाई मिलाउने प्रयत्न पनि उनले गरेनन् । केवल पार्टीको अडान राखे । कांग्रेस–एमालेको साझा प्रस्तावको वकालत गरे ।

ramchandra-paudel६. रामचन्द्र पौडेल : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दुई मिनेट बोल्छु भनेर समय मागे । ४३ सभासदको हस्ताक्षर सहितको प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्नुपर्छ भनेर सभापति, सभामुख र आफ्नै पार्टीका सभापतिसमेतलाई झुक्याए । लामो समयको संवादहीनतालाई चिरेर बल्लतल्ल सभाध्यक्षले सबै दललाई मान्य हुने बाटोको खोजीमा संवाद समितिलाई क्रियाशील बनाएका थिए । पौडेलको प्रस्तुतिले विपक्षी आक्रोशित भए । सभापति भट्टराईले बैठक बोलाउनै छाडे । पौडेल अमेरिकातिर लागे । त्यही एउटा घटनाले विपक्षी दलहरुलाई कांग्रेस–एमालेप्रति गहिरो अविश्वास पैदा गरायो ।

bijay-kumar-gachchhadar७. विजयकुमार गच्छदार : जसरी पनि माघ ८ को समयसीमा कटाउने र त्यसपछि सत्ता परिवर्तनका लागि मोलमोलाइ गर्ने रणनीतिका सूत्रधारमध्येका एक यी पनि हुन् । यिनले संविधानसभाको स्वाभाविक र नियमसंगत प्रक्रियालाई रोक्न असन्तुष्टहरुको मोर्चाबन्दी गरे । प्रचण्ड नेतृत्वको मोर्चाभित्रै अर्को मोर्चा बनाए । यसबाट प्रचण्डले राजनीतिक समझदारी निर्माण गर्न खोज्दा पनि नसक्ने भए । उनले गरेको सम्झौता र सहमति यस्तै समानान्तर मोर्चाबन्दीका कारण अमान्य हुन थाले । यसले गर्दा संवाद र सहमतिका प्रयास निष्फल भइरहे । अन्नतः माघ ८ मा संविधान नै नबन्ने अवस्था आयो ।

८. कांग्रेसका तराईका सभासद : राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवदेखि अमरेशकुमार सिंहसम्मका कांग्रेसका तराईका सभासदहरुले एमालेसमेत दुई तिहाई बहुमतको भनिएको प्रस्तावको विपक्षमा अभियान चलाए । यो प्रयास स्वतःस्फूर्त थियो वा अरु नै राजनीतिक स्वार्थहरुबाट प्रेरित थियो भन्ने स्पष्ट छैन । तर, अनपेक्षित रुपमा आएको विरोधको यो स्वरले कांग्रेस नेतृत्व प्रक्रियामा जान भने डग्मगायो । कांग्रेस नेतृत्वले खुट्टा कमाउँदाको परिणाम पनि हो, ८ माघ संविधानविहीन हुनु ।

९. धर्मवादी र संघीयताविरोधीहरु : संघीयता र धर्मनिरपेक्षताप्रति अरुचि राख्ने नेता एवम् सभासदहरु पनि तत्काल संविधान जारी हुन नदिन भूमिका खेलिरहेका छन् । बरु चित्रबहादुर केसी, कमल थापाहरु असहमतिका बाबजुद संविधान जारी गर्न तयार देखिएका छन्, तर मुख्य दलका केही नेताहरु विरोधमा सक्रिय छन् । यस पक्षको बलियो खेमा कांग्रेसभित्रै छ । खुुमबहादुर खड्काको नेतृत्वको अभियान एउटा उदाहरण हो । कतिपयका विश्लेषणमा, प्रधानमन्त्री सुशील कोइराला पनि यस्तै विचारबाट प्रभाावित वा त्रसित छन् ।

subas-chandra-nembang१०. सुवास नेम्वाङ : सभाध्यक्ष सुवास नेम्वाङले पनि संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन र प्रक्रियामा सहमति गराउन अपेक्षित भूमिका खेल्न सकेनन् । दलहरुले सहमतिमै निर्माण गरेको कार्यतालिका एकपछि अर्को गरी मिच्दा पनि उनले त्यसमा हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् । कार्यतालिकाअनुसार अघि बढ्न आँट गरेनन् । उनको सबैभन्दा ठूलो कमजोरी के देखियो भने संविधान निर्माणका विषयमा संविधानसभालाई नै निर्णायक र छलफलको थलो बनाउन सकेनन् ।


  •  
  •  
  •