अमेरिकाको एक कलेजमा अन्धाधुन्ध गोली प्रहार, १० को मृत्यु

299
  •  
  •  
  •  

oregon-college-gun-fireकाठमाडौँ, १५ असोज(एजेन्सी) : अमेरिकाको ओरेगन प्रान्तको सामुदायीक क्याम्पसमा बिहिबार अन्दाजी २६ वर्षको एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । क्याम्पसमा छिरेर आक्रमण गर्ने ती व्यक्ति प्रहरीको इनकाउन्टरमा मारिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ राष्ट्रपति बाराक ओबामाले शस्त्र कानुनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । उनले यस्ता घटना नियमित हुन थालेको बताएका छन् । उनले भने, ‘संसारमा हामी मात्र एउटा देश होइनौ जहाँ मानसिक रूपमा बिरामी मानिस बस्छन् र अन्य मानिसलाई नोक्सान पुर्‍याउन चाहन्छन् ।’

जानकारीका अनुसार आक्रमणकारीले सामाजिक सञ्जालमा आफ्नो लक्ष्यबारे जानकारी दिएका थिए । तर, प्रहरीले त्यसबारे केही जानकारी दिएको छैन् ।


  •  
  •  
  •