संघीय गठबन्धनले १० दिने आन्दोलनको घोषणा गर्दै

123
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ(ओएनएस) : संघीय गठबन्धनले सिंहदरबार र बालुवाटार घेराउको पहिलो चरणको आन्दोलनपछि १० दिने आन्दोलन घोषणा गर्ने भएको छ ।

बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, कीर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा आन्दोलनका कार्यक्रम आयोजना गर्ने जनाएको छ । आन्दोलनको रूप भने शान्तिपूर्ण हुने नेताहरूको भनाई छ ।

आन्दोलनका कार्यक्रमहरू भने दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा हुने जनसभाबाट गर्ने गठबन्धनको तयारी छ । फोरम नेता अशोक राईका अनुसार आन्दोलनको खाकाबारे दलका नेताहरू छलफलमा नै रहेको उनको भनाई छ ।

विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आज एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको ठहर छ ।
गठबन्धनले जेठ १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि सभा र प्रदर्शन गर्ने भएको छ ।

बैठकमा गठबन्धन परिचालन समितिका २९ दल सहभागी थिए । संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् ।


  •  
  •  
  •