लाखाैँ रुपैयाँसहित १० जुवाडे पक्राउ

576
  •  
  •  
  •  

काठमाडौं, २९ असोज (ओएनएस) : लाखाैँ रुपैयाँसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार मध्यराति एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई महानगरीय प्रहरी वृत्त बौद्धद्धारा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

बौद्धका प्रहरी निरीक्षक गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलार्इ पक्राउ गरेको हो ।


  •  
  •  
  •