एनआरएनद्वारा थप १० सल्लाहकार मनोनित

300
  •  
  •  
  •  

काठमाडौँ, १७ माघ(ओएनएस) : गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्(आईसीसी)को सल्लाहकारमा थप १० जना मनोनित गरिएको छ । शनिबार सम्पन्न आईसीसीको ५२ औ वैठकले थप १० जनालाई सल्लाहकारका मनोनित गरेको हो ।

बैठकले विदेशमा रहेका टि. बि. कार्की(कतार), रतन झा(अमेरिका), मन के सी(अष्ट्रेलिया), डम्बर घले(यूके), राधा बस्नेत(क्यानाडा) र शंकर पौडेल(मलेसिया)लाई सल्लाहकारमा मनोनित गरेको हो भने नेपालमा रहेका डा. जुगल भुर्तेल, विश्वकान्त मैनाली, डा. गणेश गुरुङ र पशुपती मुरारकालाई पनि सल्लाहकारमा मनोनित गरिएको प्रबक्ता रन्जु वाग्ले थापा द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस अघि गत नोभेम्बर १५ मा सम्पन्न बैठकले ११ जनालाई अन्तराष्ट्रिय समन्वय परिषदको सल्लाहकारमा मनोनित गरेको थियो ।

nrn-press release


  •  
  •  
  •