किन यूएस बंगालले एकमहिनाको लागि काठमाडौं–ढाका उडान रद्द गर्याे

235
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): बंगलादेशको यूएस बंगाल जहाज कम्पनीले एक महिनाको लागि काठमाडौं–ढाका उडान रद्द गरेको छ।

कम्पनीले जहाजको अभाव देखाउँदै काठमाडौं–ढाकाको नियमित उडान एक महिनाको लागि रद्द गरेको हो। यूएस बंगालका एक नेपाल प्रतिनिधिले दिएको जानकारी अनुसार करिब पाँच देखि छ हप्तासम्मको लागि उडान रद्द गरिएको हो।नियमित उडानका लागि जहाज नभए पछि केही समयका लागि रद्द गरिए पनि उडान भने बन्द गरिएको छैन।

कम्पनीसँगै रहेका चार जहाजमध्ये एउटा एयक्राफ्ट गत सोमबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेको थियो।बंगला एयरका नेपाल प्रतिनिधिका अनुसार कम्पनीसँग रहेका दुई अन्य जहाजले विभिन्न गन्तव्यका उडान गरिरहेका छन्।

एउटा जहाज भने नियमित मर्मतमा रहेका कारण उडान रद्द गरेको जनाएको छ। मर्मतमा रहेको जहाजले पाँचदेखि ६ साताबाट उडान सुरु गरेसँगै फेरि नेपालमा उडान सुरु हुने कम्पनीले जनाएको छ।


  •  
  •  
  •