निजगढ विमानस्थल निर्माण गर्न १ खर्ब २१ अर्ब लाग्ने

262
  •  
  •  
  •  

काठमाडौँ, १४ फागुन : नेपाल नागरिक उड्डयन प्राधिकरणले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत १ खर्ब २१ अर्ब रुपैयाँ पर्ने निष्कर्ष निकालेको छ।

यो लागत एयरपोर्ट सिटी बाहेकको हो । प्राधिकरणले नयाँ लागत प्रस्तावसम्बन्धी विस्तृत विवरण नागरिक उड्डयन्त्र मन्त्रालयमा बुझाएको छ ।

यसअघि सन् २०११ म कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनीले एयरपोर्ट सिटी बाहेकका लागि ३५५ बिलियन (३ खर्ब ६५ अर्ब) लाग्ने अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो । प्राधिकरणले प्रस्ताव गरेको लागतभन्दा ल्यान्डमार्कको प्रस्ताव झन्डै दुई खर्ब ३४ अर्ब रुपैयाँले बढी हो ।

प्राधिकरणले पहिलो चरणको काम ५० अर्ब रुपैयाँमा गर्न सकिने उल्लेख गरेको छ। तर ल्यान्डमार्कले ५ वर्षअघि नै यसमा ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

डीपीआर तयार गर्ने कम्पनीलाई नै निर्माणको जिम्मा दिनुपर्ने सम्झौता रहेको भन्दै ल्यान्डमार्कले आफूलाई अघि सार्दै आएको छ । निर्माण गर्न नदिने हो भने नेपालले ल्यान्डमार्कलाई ३५ करोड रुपैयाँ दिनु पर्ने सर्त छ ।
– कारोबार दैनिकबाट


  •  
  •  
  •