दशैँमा एक व्यक्तिलाई साढे १८ हजार रुपैयाँ बराबर मात्रै नयाँ नोट

107
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको दशैँमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै सुकिला तथा नयाँ नोट पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना निकालेर असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने जनाएको छ । एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने जनाएको छ । काठमाडौंमा भने राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट नयाँ नोट लिन सकिनेछ ।

साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।


  •  
  •  
  •