१० लाख बराबरकाे अवैध सुन बरामद, एक भारतीय पक्राउ

536
  •  
  •  
  •  

काठमाडौं, १६ असाेज (ओएनएस) : त्रिभुवन विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिकलार्इ प्रहरीले पक्राउ गरेकाे छ । भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थाई एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक भुनियासँग रहेकाे उक्त अवैध सुनको बजार मूल्य करिब १० लाख २५ हजार रुपैयाँ रहेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो ।

प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।


  •  
  •  
  •