चितुवाको छाला र दाँतसहित १ ब्यक्ति पक्राउ

262
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (अाेएनएस): चितुवाको छाला र दाँतसहित १ ब्यक्तिलार्इ दाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गरिरहेकाे अवस्थामा घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई १ वटा चितुवाको छाला र ८ वटा दाँतसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घर भइ हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, ८ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएकाे चितुवाकाे छाला र दाँतसहित चाैधरीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाइएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए।


  •  
  •  
  •