पेट्रोलिय पदार्थ पाउन सहज अझै हुन सकेन

3176
  •  
  •  
  •  

काठमाडौं ९ वैशाख (ओएनएस) : सरकारले निकास डिला गर्दा नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई पैसा तिर्न पाएको छैन । एक सातादेखि इन्धन अभावले मुलुकभर हाहाकार मच्चिएको छ ।  उपत्यकामा सामान्य अवस्थामा सवा ३ लाख लिटर पेट्रोल र सवा ४ लाख लिटर डिजेल आवश्यक पर्छ । 
सरकारले निगमलाई बेलैमा रकम उपलब्ध नगराउँदा पेट्रोलियम पदार्थको हाहाकार भएको हो । रकम नपाएपछि भारतीय आयल निगम (आईओसी)ले कटौती गर्नु र नेपाल आयल निगमले स्टकबाट पम्पहरूलाई सीमित मात्रामा आपूर्ति गरेकाले उपभोक्ताले ५ लिटर इन्धनका लागि पनि घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । 
नेपाल आयल निगमले भारतीय आयल निगमलाई तिर्ने बाँकी बक्यौता आज तिर्ने भएको छ । पेट्रोलयम पदर्थाको आपूर्ति आजबाट सहज हुने भएको छ । सरकारले दिने भनेको साढे २ अर्ब ऋण आउन ढिला हुने भएकोले आफ्नो स्रोतबाट निगमले झण्डै ५ अबै पठाउन लागेको बताएको छ भारतीय आयल कर्पोरेसनलाई १० अर्ब रुपैयाँ तिर्न बाँकी छ ।
लामो समयदेखि बक्यौता तिर्न नसकेपछि भारतीय आयल कर्पोरेसनले ३० प्रतिशतसम्म तेल कटौती गर्दा दुई हप्तादेखि तेलको अभाब छ ।
नेपाल सरकार वाणिज्य तथा आपुर्ति मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत भएको दुई अर्ब ५० करोड ऋण लिएर भारतीय आयल निमगलाई दिइसकेकाले आपुर्ति सहज हुने आयल निगमले जनाएको छ । आयल निगमले तेल सहज पाउने दावी गरेपनि उपभोक्ताको लाइन बस्नुपर्ने वाध्यता हटेको छैन ।

  •  
  •  
  •