काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

537
  •  
  •  
  •  

काठमाडौँ, नेपाली कांँग्रेसले कार्तिक २१ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा दिउँसो १ बजेको लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको महाधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बोलाइएका बैठक विभिन्न कारण स्थगित हुँदै आएको छ । असोज १९ गतेका लागि बोलाइएको बैठक केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।

त्यसपछि असोज २५ गतेका लागि बोलाइएको बैठक पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईँको निधन भएपछि स्थगित भएको थियो ।


  •  
  •  
  •