७२ वटा नयाँ नगरपालिका थप(सूचीसहित)

1239
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख (ओएनएस) : सरकारले देशभर थप ७२ वटा नगरपालिका थप गर्ने निर्णय गरेको छ । पहिलेदेखि नै नगरपालिका बन्ने प्रक्रियामा रहेका गाविसहरुलाई मिलाएर नयाँ नगरपालिका घोषणा गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले जानकारी दिए ।
विहीबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले नयाँ नगरपालिकाहरु घोषणा गरेको हो । त्यस्तै सरकारले थप नगरपालिकाको क्षेत्र निर्धारणका लागि सिफारिस गर्न प्रा. केशवानन्द गिरीको अध्यक्षतामा एक समिति पनि गठन गरेको छ ।
नगरपालिका कार्यान्वयनमा आए नेपालमा नगरपालिकाको संख्याको १ सय ३० पुग्नेछ। यसअघि ५८ वटा नगरपालिका, एउटा महानगरपालिका र चार वटा उपमहानगरपालिका छन्। यसपछि पनि नगरपालिका नभएका जिल्ला १३ वटा हुनेछन्। मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा जिल्ला नगरपालिकाविहीन हुनेछन्।
बैठकले डा. गोविन्द पोखरेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । गठन भएको लामो समयसम्म पनि विभिन्न नियुक्ति गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला योजना आयोगका उपाध्यक्ष नियुक्ति भएका हुन् ।
यसैगरी बैठकले एसियाली विकास बैंकबाट समुदायले व्यवस्थापन गर्ने सिँचाइ आयोजनाका लागि तीन अर्ब रुपैयाँ वैदेशिक सहयोग स्वीकार्ने निर्णय गरेको छ ।
प्रस्तावित नगरपालीकाको सूची
१. ताप्लेजुङ– ताप्लेजुङ
२. पाँचथर – फिदिम
३. मोरङ – उर्लाबारी
४. तेह्रथुम – म्याङलुङ
५. सप्तरी– शंभूनाथ (मोहनपुर केन्द्र)
६. तनहुँ – दुलेगौंडा
७. तनहुँ – बन्दीपुर
८. पर्वत – कुश्मा
९. सिन्धुपाल्चोक – चौतारा
१०. स्याङ्जा – चापाकोट
११. म्याग्दी – वेनी
१२. खोटाङ – दिक्तेल
१३. उदयपुर – कटारी
१४. भोजपुर– भोजपुर
१५. सर्लाही – हरीवन
१६. रौतहट – चन्द्रपुर
१७. बारा – गढीमाई
१८. गुल्मी – रेसुंगा
१९. काभ्रेपलाञ्चोक – पाँचखाल
२०. धादिङ – निलकण्ठ
२१. अर्घाखाँची – सन्धीखर्क
२२. बाँके – कोहलपुर
२३. नवलपरासी – सुनवल
२४. नवलपरासी – कावासोती
२५. नवलपरासी – देवचुली
२६. नवलपरासी – बर्दघाट
२७. रुपन्देही – सैनामैना
२८. रुपन्देही – देवदह
२९. रुपन्देही – लुम्बीनी
३०. रुपन्देही – तिलोत्तमा
३१. कपिलबस्तु – कृष्णनगर
३२. कपिलबस्तु – शिवराज
३३. दैलेख – दुल्लु
३४. कैलाली – लम्की चुहा
३५. कैलाली – अत्तरिया
३६. दार्चुला – अपी
३७. कञ्चनपुर – पुनर्वास
३८. कञ्चनपुर – बेलौरी
३९. झापा – बिर्तामोड
४०. संखुवासभा – चैनपुर
४१. मोरङ – वेलवारी
४२. मोरङ – पथरी – शनिश्चरे
४३. मोरङ – सुन्दर– दुलारी
४४. मोरङ – कोशी– हरैचा
४५. मोरङ – रंगेली
४६. सुनसरी – दुहवी– भलुवा
४७. ओखलढुङ्गा – सिद्धिचरण
४८. उदयपुर – बेलटार – बसाहा
४९. सर्लाही – लालबन्दी
५०. सर्लाही – ईश्वरपुर
५१. मकवानपुर – थाहा
५२. बारा – निजगढ
५३. चितवन – खैरहनी
५४. चितवन – चित्रवन
५५. झापा – कन्काई
५६. पाल्पा – रामपुर
५७. सल्यान – सारदा
५८. अछाम – मंगलसेन
५९. अछाम – साफेबगर
६०. सप्तरी – कञ्चनरुप
६१. सिराहा – मिर्चैया
६२. धनुषा – धनुषाधाम
६३. धनुषा – छिरेश्वरनाथ
६४. महोत्तरी – गौशाला
६५. लमजुङ – बेशिसहर
६६. नवलपरासी – गैंडाकोट
६७. बर्दिया – राजापुर
६८. बझाङ – जयपृथ्वी
६९. जुम्ला – चन्दननाथ
७०. प्युठान – प्युठान
७१. ईलाम – सूर्योदय
७२. झापा – शनी – अर्जुन

  •  
  •  
  •