सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार शुरु

1230
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस): सेन्चुरी कमर्सियल बैंकको आजदेखि नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार शुरु भएको छ । बैङ्कको पहिलो शेयर आज २ सय ७० रुपैयाँमा कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्जले सेन्चुरी बैंकको सेयर कारोबारका लागि एक सय १३ रुपैयाँ देखि तीन सय ३९ रुपैयाँसम्मको ब्याण्ड तोकेको थियो।

२०६७ साल फागुनबाट सन्चालनमा आएको बैंकले ३१ वटा शाखा, २२ वटा  एटिएम र नौ वटा शाखारहित बैंकिङ्गबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ९२ करोड रुपैयाँको ९२ लाख कित्ता सेयर १०० रुपैयाको दरमा प्राथमिक सेयर निश्कासन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमासिकमा बैंकले ६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । सिभिल क्यापिटल मार्केट सेञ्चुरी कमर्सियल बैंकको सेयर रजिष्ट्रार हो ।


  •  
  •  
  •