काठमाडौं, २१ जेठ (अोएनएस): सिद्धार्थ बैङ्क र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ मा सहभागी हुने विषयमा सहमति भएको छ । यस सहमति अन्तर्गत आइएफसीले सिद्धार्थ बैङ्कलाई अन्र्तराष्ट्रिय व्यापारसम्वन्धि सुविधाहरु प्रदान गर्ने छ । राजधानीको अन्नपूर्ण होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र आइएफसीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि भ्यालेण्टीनो एस बगतसिंगले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उक्त सुविधाले बैङ्कलाई देशमा व्यापार व्यवसायी, साना तथा मझौला व्यवसायी तथा विभिन्न विकासका परियोजनालाई उपयुक्त सेवा प्रदान गर्न थप मद्दत पुग्ने बताए । सिद्धार्थ बैङ्क आइएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्र्तगत उक्त सुविधा प्राप्त गर्ने छैटौं नेपाली वाणिज्य बैङ्क हो ।
सिद्धार्थ बैङ्कले हाल आफ्ना ४६ शाखा, ४९ शाखारहित सेवा केन्द्र तथा ५६ एटीएम मार्फत् ग्राहकलाई उच्चस्तरिय बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । गत चैत्र मसान्तको वित्तीय विवरण अनुसार बैङ्कको कुल निक्षेप रू. ३२ अर्ब, कुल कर्जा रू. २५ अर्ब, नोक्सानी व्यावस्था अघिको सञ्चालन मुनाफा रू. ८० करोड तथा खुद मुनाफा रू. ३६ करोड रहेको छ ।
अभियान दैनिकबाट