‘साहित्यलाई हेर्न प्राचिन चस्मा मात्र पर्याप्त हुदैन’

880
  •  
  •  
  •  

KanadifhiArasti dekhi Bankarकाठमाडौं, १८ चैत (ओएनएस) : परिवर्तन समाजको नियम हो । भनिन्छ राजनीतिमा भन्दा धेरै पहिले साहित्यमा परिवजर्तन आउछ । अहिले राजनीतिक परिवर्तनको खास संकेत देखिएको छैन, तर साहित्यमा भने यस्ता बहसहरु भइरहेका छन् ।

साहित्यकार कलानिधि दाहालको उपन्यास ‘अरस्तुदेखि बङ्करसम्म’ विमोचन समारोहमा पुरानैं शैली खोज्नेदेखि नयाँ प्रयोगको प्रसंसा गर्नेको बादविवाद जस्तै भयो । धेरैले कलानिधिको उपन्यासमा कथानक भन्दा पनि तर्क मजबुत भएको भन्दै तर्क संग्रहको नामकरण गर्दा उचित हुने बताए । त्यहिबीचमा अर्को समुह देखियो जस्ले पुराना शैलीक मात्र लेखनले अहिलेको पुस्ताको साहित्यिक सोचलाई छुन सक्दैन, त्यसैले उनको यो नयाँ आयाम हुनु सक्छ ।

साहित्यकार कलानिधि चाहि उपन्यासले के सन्देश दिन खोजेको भन्ने प्रश्नमा उत्तर दिन्छन् उपन्यास आफैले कुनै सन्देश दिन खोजेको छैन । उपन्यासले सन्देश नदिए किन पढ्ने त ? कलानिधि भन्छन्, ‘आहिलको जीवन पद्धति सन्देशबाट निर्देशित छैन, भोगाइहरुबाट प्राप्त सन्देश मात्र आजको समाजलाई ग्राह्य हुन्छ, त्यसैले सन्देश दिएर लेख्ने परम्परागत शैली चल्दैन भन्ने यो उपन्यासको सन्देश हुन सक्छ ।’

उनले पात्रहरुबाट पाठकले जे सन्देश लिन्छन् उनीहरुलाई नैं छोडिदिएको बताए । उनका तर्कमा प्राध्यापक डा‍. गोविन्द भट्टराई र प्रा. डा. मोहनराज शर्माले समर्थन जनाएका छन् भने प्रा. पुरुषोत्तम दाहाल, प्रा. डा. कुमारप्रसाद कोइराला र प्रा।डा कुलप्रसाद कोइरालाले विमति राखेका छन् ।

पौराणिक दर्शनका सतपात्र अरस्तुलाई नेपालमा जन्म दिएर विपुल नाम दिएका दाहालले तीन पात्रको बेजोड संयोजन गरेका छन् । विपुल समाजका आदर्श पात्र छन् भने, विकास बौद्धिक उचाइलाई विश्वास गर्ने र विसाल आर्थिक सोचले मात्र अघि बढ्ने पात्र हुन्छन् । उनले यीनै तीन पात्रका माध्यमबाट अहिलेको समाजको चरित्र चित्रण गर्दै संयोजन गर्दै अघि बढ्नेको सुःखद भविष्य र आफूमात्र बाँच्नेको दुःखद अन्त्यको सन्देश छोडेका छन् ।

साहित्यकार कलानिधिको उपन्यास ‘अरस्तुदेखि बङ्करसम्म’ संगै साहित्यकार रञ्जुश्री पराजुलीको निवन्ध संग्रह ‘स्वप्नस्पर्श’ पनि एक साथ विमोचन गरिएको थियो ।


  •  
  •  
  •