साहाना प्रधान अस्पताल भर्ना

1628
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (ओएनएस) : नेकपा एमालेकी नेतृ सहाना प्रधानलाई अस्पताल भर्ना गरिएको छ । उनलाई शुक्रबार बल्खुस्थित बयोध्या अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रधान अस्वस्थ भएको एक वर्षभन्दा बढी भइसकेको छ । हिँडडुल गर्न र बोल्न समेत नसक्ने अवस्थामा रहेकी प्रधानको रोग पत्ता लागेको छैन ।

नेपाल कम्युनिष्ट पार्टीका स्थापक पुष्पलाल श्रेष्ठकी पत्नी एवं सहिद गंगालालकी बहुरी प्रधान २०४६ सालको जनआन्दोलनका सहकमाण्डर हुन् । उनी विभिन्न सयममा मन्त्रीसमेत भइसकेकी छन् । प्रधान अस्वस्थ् भएपछि पार्टीमा समेत उनी निष्क्रिय छिन् ।


  •  
  •  
  •