सानिमा बैंकको विदेशी मुद्रा बचत खाता

679
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ (ओएनएस): सानिमा बैंकले ग्राहक वर्गका लागि थप विशेषताहरुका साथ विदेशी मुद्रा बचत खाता ल्याएको छ । बैंकले उक्त खातामा २ प्रतिशतको ब्याजदर दिने बताएको छ । उक्त ब्याजदर अमेरिकी डलर, पाउण्ड, यूरो र अष्ट्रेलियन डलर जम्मा गरेमा मात्र पाइने बैंकले जानकारी दिएको छ ।

बैंकले खातावालालाई निःशुल्क आन्तरिक विप्रेषण, ए.बि.बि.एस, इन्टरनेट, एस.एम.एस बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । त्यसैगरि घडेरी तथा सवारी साधन कर्जामा ५०% छुट र लकरमा २५% छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

हाल अमेरिकी डलरको एक वर्षको LIBOR ०.५% मात्र रहेको अवस्थामा सानिमा बैंकले २५ प्रदान गर्ने भएको छ, जुन बैंकिङ क्षेत्रकै उच्च ब्याजदर भएको बैंकको दाबी छ । सानिमाले हाल प्रदान गर्दै आइरहेका मुख्य सेवा अन्तर्गत ३६५ दिन बैंकिङ, विभिन्न निक्षेप योजना, लकर सुविधा, विदेशी मुद्रा सटही, विप्रेषण आदि रहेका छन् । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई बचत खाताहरुमा आकर्षक ब्याजका साथै गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।


  •  
  •  
  •