सहमति जुटाउने दलहरुको प्रयास विफल

60
  •  
  •  
  •  

काठमाडौं २१ असोज (ओएनएस) : विवादित विषयमाा सहमति जुटाउन दलहरु अहिलेसम्म असफल भएका छन् । सहमति सहितिको मस्यौदा बुझाउने अन्तिम दिन दलहरुले सहमति जुटाउन नसकेपछि असहमति सहितको प्रतिवेदन बुझाउने तयारी छ । बिहान बसेको बैठकमा सहमति जुट्न नसकेपछि साँझ फेरि बैठकम बसेको थियो । साँझको बैठकपनि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको वैठकमा पनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
दलहरुबीच राज्य पुनसंर्रचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा विवाद छ । संविधानसभाले ती विषयमा सहमति जुटाइ प्रतिवेदन बुझाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई दोस्रो पटक दिएको म्याद मंगलबार सकिएको छ ।


  •  
  •  
  •