सशष्त्र प्रहरीको भर्ना, सरुवा र बढुवा सबैको जानकारी मोवाईलमै

777
  •  
  •  
  •  

 

काठमाडौं ४ भदौ (ओएनएस) :

सशस्त्र प्रहरी बलले संगठनमा हुने सरुवा तथा बढुवाबारे आफ्ना कर्मचारीलाई छिटो जानकारी दिनको लागि पहिलो पल्ट ‘एसएमएस सर्ट कोड सेवा’ संचालनमा ल्याएको छ । सो सेवा नयाँ भर्नाको नतिजाबारे छिटो जानकारी दिनको लागि समेत उपयोग गरिने छ । यो सेवाको उपयोगपछि नयाँ भर्नाका परिक्षार्थीले घण्टौं लाइन बसेर भर्ना परिक्षाको नतिजा हेर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

सशस्त्र प्रहरी कर्मचारीले यो सेवा मार्फत आफ्नो सरुवाबारे जानकारी लिनको लागि मोवाइल फोनबाट ‘टीआरए’ टाइप गरी त्यसपछि आफ्नो व्यक्तिगत आईडी नम्बर उल्लेख गरेर १११४ मा एसएमएस गर्नु पर्दछ । एसएमएस गरे लगत्तै उसले आईडी नम्बर उल्लेख गरेको व्यक्तिको सरुवाको बारेमा तुरुन्त जानकारी पाउनेछ, कुन ठाउँमा सरुवा भएको छ भन्नेबारे सिष्टमले नै तुरुन्त जवाफ पठाउनेछ । सरुवाबारे जानकारी लिन एसएमएस पठाउँदा गलत टाइप भएमा सिष्टमले नै म्यासेज पठाई सही टाइप गर्न सहयोग गर्नेछ ।

सरुवा बढुवाबारे जानकारी पाउन गरिने एसएमएसमा करबाहेक एक रुपैयाँ मात्र एसएमएस गर्नेको खर्च हुन्छ भने सिष्टमले जानकारी दिँदा कुनै खर्च लाग्दैन । हाललाई नेपाल टेलिकमको सीम प्रयोगकर्ताले मात्रै यो सेवा उपयोग गर्न सक्ने छन् ।

आफ्नो सरुवा बढुवाप्रति सवै सशस्त्र प्रहरी कर्मचारीलाई खुल्दुली हुने भएकोले सुगम तथा दुर्गम सवै ठाउँमा कार्यरत सवै सशस्त्र प्रहरी कर्मचारीमा छिटो छरितो ढंगले सूचना पु¥याउने प्रयास स्वरुप यो सेवा संचालनमा ल्याइएको सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी अजय छतकुलीले जानकारी दिए ।
यो नयाँ व्यवस्थाले सरुवा बढुवाबारे जानकारी लिन झन्झट र लामो समय खर्च नहुने तथा इन्टरनेट र इन्ट्रानेटको पहँुचमा नभएका सशस्त्र प्रहरी कर्मचारी समेत यो सेवाबाट प्रत्यक्ष लाभान्वीत हुनेछन् । यो नयाँ व्यवस्थाले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा नयाँ भर्नाका परिक्षार्थी लभान्वीत हुने सशस्त्र प्रहरी बलको विश्वास रहेको छ ।
यसअघि छोटो सूचनाहरु क्लोज युजर ग्रुप (सियुजी) मोवाइल सेवा अन्तर्गत सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसएमएसबाट पठाउने कार्य गत वर्ष देखिनै सुरु गरिसकेको छ । बलको प्रधान कार्यालयले यस्ता एसएमएसहरु पठाउँदा कुनै शुल्क नलाग्ने तथा यो सेवामा जोडिएका मोवाइल फोन विच एक आपसमा कुरा गर्दा फोन गर्नेको प्रति मिनेट करवाहेक पाँच पैसा खर्च हुने गरेको छ ।
यसअघि सशस्त्र प्रहरी बलले आफ्नो आदेश, निर्देशन तथा महत्वपूर्ण सूचनाहरु छिटो छरितो ढंगले मातहत सशस्त्र प्रहरी कर्मचारीसम्म पु¥याउन गत वर्ष देखि ‘इन्ट्रानेट’ प्रविधिको समेत उपयोग गरेको छ भने सरुवा बढुवा लगायतका कामकारवाहीहरु वेभ साइटमा समेत राख्ने गरेको छ ।
सशस्त्र प्रहरी बलको कम्प्युटर शाखाका प्रविधिज्ञहरुले यसअघि गत मंसीर महिनामा सम्पन्न सम्बिधानसभाको निर्वाचनलाई ध्यानमा राखेर ‘लाईभ भिडियो स्ट्रिमिङ’ प्रविधि संचालनमा ल्याएका थिए । बलमै उपलब्ध श्रोत साधनलाई उपयोग गरि संचालनमा ल्याइएको सो भिडियो स्ट्रिमिङ हाल समेत नियमित उपयोग भइरहेको र यो संचालनमा विद्युत बाहेक अर्को कुनै खर्च नलाग्ने डिएसपी छतकुलीले जानकारी दिए यसअघि महत्वपूर्ण सूचना सशस्त्र प्रहरी संचारद्वारा देशभरका एपीएफ इकाईमा प्रत्यक्ष प्रसारण गर्ने प्रविधिलाई सशस्त्र प्रहरी बलले केही अघिदेखि नै उपयोगमा ल्याइसकेको छ ।


  •  
  •  
  •