सरकारी निर्णयले पर्यटन व्यवसाय संकटमा पार्ने चेतावनी

929
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर (ओएनएस) : भारतीय नम्बर प्लेटका गाडीको नेपाल आवात जावतको व्यवस्थाले पर्यटन व्यवसायी झस्केका छन् । सरकारले यसअघि गरेको सम्झौता अनुसार भारतीय नम्बर प्लेटका गाडी निर्वाध रुपमा आउने र पर्यटन व्यवसाय गर्न सक्ने भन्दै पर्यटन व्यवसायी झस्केका हुन् ।

शनिबार राजधानीमा नेपाल पर्यटक यातायात व्यवसायी संघद्धारा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौलाले पर्यटन व्यवसायीले भारतीय पर्यटकहरुले प्रयोग गर्ने सवारी साधनले तेस्रो मुलुकका कोही पनि पर्यटकहरुलाई सेवा प्रदान गर्न नसक्ने स्पष्ट पारेका छन् ।

उनले भारतीय नम्बर प्लेटका गाडीहरुलाई पर्यटन सेवामा असर गर्नेगरि सञ्चालन गर्न नदिने बताए । उनले पर्यटकहरुले प्रयोग गर्ने सवारी साधनले तेस्रो मुुलुकका पर्यटकहरुलाई ओसारपोसार गर्न नपाउने समेत प्रष्ट पारे ।

सिटौलाले भने, ‘ हरियो नम्बर प्लेटका गाडीहरुलाई पनि सरकार व्यवस्थिग गर्ने प्रक्रियामा छ, भारतीय नम्बर प्लेटका गाडीहरुले तेस्रो मुलुकका पर्यटक बाहेक अरुलाई सेवा प्रदान गरे सरकार कारवाही गर्न तयार छ । केही समस्या भए आउनुहोला सरकार समस्या समाधान गर्न र तपाईहरुसँग सहकार्य गर्दै अघि बढ्छ ।’ उनले छिट्टै उक्त समस्याको समाधान गर्ने समेत उद्घोष गरेका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामशरण कार्कीले भारतीय टुर अपरेटरहरुले सोझै भारतबाटै नेपालका प्रमुख पर्यटकीय गन्तव्य स्थल सम्म भारतीय गाइड नै प्रयोग गर्दा नेपालका पर्यटन व्यवसायीलाई असर गर्ने गुनासो व्यक्त गरेका छन् ।
कार्कीलेभारतबाटै प्रत्यक्ष रुपमा तेश्रो देशबाट आएका पर्यटकहरुको सवारी प्रवन्ध गर्ने, नेपालको विमानस्थल सम्म ड्रप, पिकअप गर्ने जस्ता कार्यहरु ब्यापक रुपमा गर्न थालकाले थप समस्या आउने बताए ।

‘सवारीले एउटा नेपाल यात्रागर्ने परमीट लिएकै भरमा नेपालमा आई व्यवसाय गर्न छुट दिने हो भने एकातर्फ पर्यटन क्षेत्रको विकास गरी नेपालको कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउने सरकारको घोषित नितिमा तुषारापात हुने देखिन्छ कार्कीले भने,‘ भारतीय व्यवसायीहरु ले संचालन गर्ने विना भन्सारका सस्ता सवारीहरु समक्ष २४७५ भन्सार तिरी आयत गरीएका सवारीमा पनि १३५ मुल्य अभिबेदृ कर तिरी त्यसमा पनि २५५ आयकर तिरी ब्यावसाय गर्ने ब्यासायीले  प्रतिष्पर्धा गर्न नसकी पलायन हुनु पर्ने अवस्था आईरहेकोछ ।’

नेपालमा पर्यटन क्षेत्रमा १५०० सय मात्र पर्यटन सवारी रहेको र भारतीय गाडीले तेस्रो मुलुकका पर्यटक बोके सबै संकटमा पर्ने समेत उनले गुनासो गरे ।
पर्यटन व्यवसायी हरेराम कोइराला, संघका निवर्तमान अध्यक्ष रामहरी शर्माले तत्काल यो समस्या समाधान नगरिए पर्यटन व्यवसाय संकटमा पर्ने बताए । उनीहरुले नेपालको अर्थतन्त्रमा समेत ठूलो घाटा पुर्याउने बताए । भारतिय सवारीहरुले विना रोकतोक तेश्रो मुलुकका पर्यटकहरुलाई नेपालको दृष्यावलोकन गराउने  श्रृङ्खला अत्याधिक बढ्न गएकाले यसलाई रोकिएन भने यस व्यवसाय निकट भविष्यमा नै बन्द हुने परिस्थिती रहेको व्यवसायीले चेतावनी दिए ।


  •  
  •  
  •