सभासद् शाही माथि आक्रमण

802
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस)

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सभासद्हरु असुरक्षित भएको भन्दै यस प्रति गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । संविधानसभाको बैठकमा भाग लिन जाँदै गर्दा  सभासद् रिता शाहीलाई एक ब्यक्तिले आज दिउसो थप्पड हानेका थिए । यो बिषयलाई गम्भिर रुपमा लिन भन्दै एमाओवादी अध्यक्ष दाहालले यस घटनालाई गम्भिर रुपमा लिँनु पर्ने भन्दै देशमा अराजकता बढेको बताए । राजनीति दलहरुको ब्यवहारका कारण जनतामा निराशा बढेको र त्यसैको आडमा देशमा अराजकता मौलाएको दाहालको तर्क थियो ।

बत्तिसपुतलिबाट ट्याम्पुमा नयाँ बानेश्वर स्थित संविधानसभामा जाँदै गर्दा सभासद् शाही माथि एक युवकले थप्पड हानेका थिए । घटनालाई लिएर महिला सभासद्हरुले बुधबारै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष नेम्वाङ्गले तत्कालै गृहमन्त्री वामदेव गौतमलाई आफ्नो कार्यकक्षमा डाकेर सभासदको सुरक्षाबारे कुराकानी गराएका थिए ।


  •  
  •  
  •