सत्र टन सुपारीसहित तीन भारतीय पक्राउ

899
  •  
  •  
  •  

वीरगन्ज, ३ जेठ – वीरगन्ज भन्सारबाट जाँचपास भई भारततर्फ लैजान लागिएको ३३ लाख मूल्यबराबरको सुपारी प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले वीरगन्जबाट भारतका लागि छुटेको युपी७८बिएन १०४९ नम्बरको ट्रकमा राखिएको १७ टन अवैध सुपारीसहित तीन जना भारतीय नागरिकलाई वीरगन्जको शङ्कराचार्य गेट अगाडिबाट पक्रेको हो ।
पक्राउ पर्नेमा भारतको सुक्लागन्ज निवासी किशोरी जैशवाल, शिवकुमार गौतम र सुगवा निवासी लालजित राजवंशी रहेका प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए ।
प्रहरीले बरामद सुपारी र पक्राउ तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउन तयारी गरेको छ ।

  •  
  •  
  •