सञ्चालकलाई छुरी हानेर १० लाख लुटपाट

1279
  •  
  •  
  •  

धनुषा, ३ जेठ  – जनकपुरको विद्यापति चोकस्थित रेजा मनी चेन्जरमा शनिबार दिउँसो लुटेराहरुले करिव १० लाख रुपैयाँ लुटेर लगेका छन् ।
तीन जनाको समूहमा आएका लुटेराले मनी चेन्जरका सञ्चालक आमिद रेजालाई छुरी प्रहार गरेर सो रकम लुटेका हुन् ।
छुरी लागेर गम्भीर घाइते भएका उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराइँदैछ ।  धनुषा प्रहरीले लुटेराहरुको खोजी कार्य भइरहेको जनाएको छ ।

  •  
  •  
  •