काठमाडौं १ माघ (ओएनएस) : सडमा कार्यगत एकता गरेका एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा माओवादी छलफलमा जुटेका छन् । सत्तासिन कांग्रेस एमालेको प्रक्रियाबाट संविधान प्रयासलाई रोक्न संविधानभित्र रहेका ३० दल र बाहिर रहेको नेकपा माओवादी गठबन्धन बनाउन लागेका छन् । पहिलो प्रयास स्वरुप आन्दोलनमा कार्यगत एकता भइसकेको छ ।
अब आन्दोनलन शसक्त बनाउन सयुक्त समिति नै बनाएर अघि बढ्ने तयारी छ । पहिचान लगायतको माग गर्दै आन्दोलनमा रहेको मोर्चा र वैद्य समूहको माओवादीबीच कार्यगत एकताको लागि छलफल हुन लागेको हो ।
कांगे्रस एमाले जसरी पनि माघ ८ मा संविधान जारी गर्न लागेको भन्दै आन्दोलनमा रहेका दुइ पक्षले आन्दोलनलाई थप सशक्त बनाउने गरी कार्यगत एकता गर्न लागेका हुन् ।