संविधानको पहिलो मस्यौदा भदौ मसान्तमा

979
  •  
  •  
  •  

काठमाडौं १५ वैशाख (ओएनएस) : संविधानसभाले भदौ समान्तसम्म संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने भएको छ । संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पाएको संविधानसभाको सबैभन्दा ठूलो मानिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले भदौ मसान्तसम्म संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने गरि कार्यतालिका पारित गरेको छ ।

सोमबार बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समतिको बैठले भदौको मसान्तसम्म पहिलो मस्र्यौदा ल्याउने गरि कार्यतालिका पारित गरेको हो । बैठकले जेठ १५ गतेसम्म संविधानसभा बाहिर रहेका दलहरुसँग सहमति गरिसक्ने समय पनि निर्धारण गरेको छ ।
संविधानसभा बाहिर रहेका नेकपा–माओवादी सहितका दलहरुसँग भएका यसअघिका सहमति अध्यन गर्न कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको संयोजगत्वमा उपसमिति पनि गठन गरेको छ । विभिन्न दलका सभासद रहेको ९ सदस्यीय उपसमितिलाई २ गतेसम्म यसअघि भएका सहमतिको पुर्नावलोकन गरि प्रतिवेदन दिन समय दिएको छ । 
जेठ १६ देखि असार मसान्तसम्म सभाबाट प्राप्त निर्देशनसहितका असहमतिका विषयमा संवाद र छलफलमार्फत सहमति कायम गर्ने तथा साउन मसान्तसम्म संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्न विभिन्न दलसँग छलफल, अन्तक्र्रिया र गोष्ठी गर्ने कार्यतालिकामा उल्लिखित छ । भदौ १५ सम्म संविधानका अन्तर्वस्तुमा सहमति कायम गरी  सभामा प्रतिवेदन पेस गर्ने र भदौ मसान्तसम्म सहमति हुन नसकेका विषयबारे पुनः निर्णयार्थ सभामा प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
पुस 10 गतेसम्म सभाको निर्देशनसहित प्राप्त जनताको प्रतिक्रियासहितको विधेयकको मस्यौदामाथि सहमति कायम गरी सभामा पेस गर्ने प्रस्तावित कार्यतालिकमा उल्लेख छ । समितिले यसअघि विभिन्न समूह र दलसँग भएका १०१ सहमति, सम्झौताको अध्ययन गरी जेठ २ गतेभित्र प्रतिवेदन पेस गर्ने गरी सभासद् पूर्णबहादुर खड्काको संयोजकत्वमा नौ सदस्यीय उपसमिति समेत गठन गरेको छ । 
उपसमितिका अन्य सदस्यमा सुरेन्द्र पाण्डे, शक्तिबहादुर बस्नेत, दीलानाथ गिरी, लक्ष्मणलाल कर्ण, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, रामकुमार राई र मोहम्मद अत्तहर कलाम रहेका छन् । 
सोमबार दिउँसो १ बजेदेखि सिंहरदरबारमा सुरु भएको पहिलो वैठक ३ घण्टाभन्दा लामो समय चलेको थियो । एमाओवादी नेता बाबुराम भट्टराई संयोजक रहेको समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सम्मिलित छन् । बैठकमा प्रधानमन्त्री सुशील कोइरालास, पूर्वप्रधानमन्त्री माधवकुमार नोपाल, सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरु सहभागि थिए । बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा , फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार भने उपस्थित भएनन् ।

  •  
  •  
  •