संघीयता नमान्ने भन्दै राष्ट्रिय जनमोर्चाद्धारा फरक मत दर्ता

51
  •  
  •  
  •  

काठमाडौं २१ भदौ (ओएनएस) : राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै संवैधानिक, राजनीतिक सम्वाद तथा सहमति समितिमा फरक मत दर्ता गराएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी.ले दर्ता गराएको १८ बुँदे फरक मतमा भनिएको छ,‘संविधानमा संघीयता सम्बन्धी केन्द्रिय, प्रादेशिक वा स्थानीय स्तरको कुनै पनि प्रावधानहरुलाई राखिनु हुन्न ।’

राष्ट्रिय जनमोर्चाले आदिवासी जनजातिहरुको वैज्ञानिक मापदण्डका आधारमा व्याख्या तथा परिभाषा गर्नुपर्ने माग समेत गरेको छ । के.सी.ले दर्ता गराएको फरक मतमा कुनै मापदण्ड, व्याख्या वा परिभाषा विना कसैलाई जनजाति वा आदिवासी ठहराउने सोंचाइबाट भ्रामक स्थितिको सिर्जना हुने गरेको टिप्पणी गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले मानव सूचकांकका आधारमा पिछडिएका जात–जातिहरुको एउटा सूचि तयार पारिनु पर्ने धारणा समेत राखेको छ ।
फरक मतमा भनिएको छ,‘जात जातीका जनताहरु अत्याधिक बहुसंख्यक, अर्थात् ५० प्रतिशतभन्दा धेरै नै बढी संख्यामा बसोवास गर्ने गाउँहरुमा स्थानीय स्वायत्त शासन वा जातीय अग्राधिकारको व्यवस्था गरिनु पर्दछ । त्यहाँ बसोबास गर्ने अन्य जात वा जातिका मानिसहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ ।’

 


  •  
  •  
  •