शीर्ष नेताको बैठकमा फेरि कुरा मिलेन

859
  •  
  •  
  •  

काठमाडौँ, ४ माघ (ओएनएस) संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्षनेताबीचको बैठक संविधानसभा भवन बानेश्वरमा आइतबार बिहान बसेको बैठक उपलब्धिबिहिन बनेको छ । बैठक अपरान्ह बस्नेगरि सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको जानकारी अनुसार बैठकमा विवादित बिषयमा छलफल भएको छ । ‘बैठकमा सहमति जुटाउन सकारात्कम छलफल भएको छ , दिउँसो बस्ने गरि अहिलेलाई सकिएको छ । ’ ओलीले सञ्चारकर्मीलाई भने ।

नयाँ संविधानका मुख्य विषयमा उत्पन्न विवालाई अन्त्य गर्न वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासमा शीर्षनेता क्रियाशील भएका हुन् । दलबीच सङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा गम्भीर कुरा मिल्न नसक्दा संविधान लेखन प्रक्रिया अड्किएको छ ।

काँग्रेस एमालले लगायतका सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा छन् भने प्रतिपक्षसहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ ।


  •  
  •  
  •