काठमाडौं, जेठ २१ (ओएनएस) : ब्राजिलमा यही महिनाबाट सुरु हुन लागेको विश्वकप फुटबल प्रतियोगितका लागि लक्षित गरेर कोकाकोलाले तयार गरेको एन्थममा नेपालीले पनि आवाज दिने भएका छन् । नेपालको चर्चित ब्याण्ड १९७४ लाई पनि सो एन्थमको समुहमा समावेश गरिएको छ ।
‘वल्र्ड इज आवर्स’ बोलको गीतलाई विश्व भरीका १२० संगीतकार र निर्माताहरुले ‘रिमिक्स’ गरेर तयार गरेका हुन् । यो गीतलाई २४ वटा स्थानीय भाषामा पनि तयार गरिएको छ । यसका लागि उनीहरुले करिब ३०० घण्टा स्टुडियोमा काम गरेको कम्पनीले जनाएको छ ।
अहिले बेलायतको टुरमा रहेका १९७४ का ब्याण्डका सदस्यहरुले विश्वभरका कालाकारहरुमध्यै आफूहरु पनि समावेश गरिएको फेसबुकमाफर्त सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन् ।