विश्वकपलाई हिंसारहित बनाउने ब्राजिलको प्रतिबद्धता

1144
  •  
  •  
  •  

काठमाडौं, जेठ २९ (एजेन्सी) विश्वकप फुटवल सुरु हुन केही घण्टामात्र बाँकी रहँदा आयोजक मुलुक ब्राजिलले विश्वकममा कुनैपनि हिंसात्मक गतिविधि क्षम्य नहुने चेतावनी दिएको छ ।

 आयोजक राष्ट्र ब्राजिलका विपक्षी दलका साथै मजदुरहरूले विभिन्न माग राखी जारी राखेको आन्दोलनको त्यहाँका राष्ट्रपति दिल्मा राउसेफले व्यापक आलोचना गर्दै कुनैपनि हिंसात्मक गतिविधि क्षम्य नहुने बताएकी हुन् ।उनले आन्दोलन हिंसात्मक भयो भने त्यो कार्य क्षम्य नहुने भन्दै आन्दोलन तुरुन्त अन्त्य गरी राष्ट्रको इज्जत राख्न सबैसँग आग्रह गरेकी छन् ।

 विश्वकप फुटबल भनेको विश्वकै प्रतिक्षाको घडी भएको भन्दै यसलाई अवरुद्ध गर्ने काम कसैबाट पनि हुन नहुने बताइन् । ‘शान्तिपूर्ण आन्दोलन प्रजातन्त्रको एक माध्यम हो तर पनि आन्दोलन हिंसात्मक भयो भने सरकारले सहन सक्दैन, उनले भनिन् ।यसैबीच स्थानीय समयअनुसार बिहीबार अपराह्न विश्वकप फुटबल खेल सुरु हुनेछ । भव्य उद्घाटन समारोहपछि बिहीबारै आयोजक राष्ट्र ब्राजिल र क्रोएसियाका बीच खेल हुनेछ ।

खेलको प्रतिक्षा विश्वका अरबौँ नागरिकले गरिरहेका छन् । साथै टेलिभिजनको पर्दामा उनीहरूले सो भव्य उद्घाटन समारोह हेर्ने र आजको पहिलो चरणको सो खेलको पनि प्रतिक्षा गर्नेछन् ।


  •  
  •  
  •