काठमाडौं ७ चैत ।
आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन् । भएकाको अवस्था पनि घिटघिटो छ ।
विश्वको दोस्रो अर्थतन्त्र चीन भ्रमणमा प्रधानमन्त्री केपी ओली निस्कन लागेको सन्दर्भमा नेपाली अर्थ्विद यो अवस्थालाई ‘नपाउनेले केरा पायो, बोक्रैसित चपायो’, भन्ने उक्तिसित जोड्न चाहन्छन् । सरकार नेतृत्व गर्नेहरुको अक्षमताले यस्ता उद्योगधन्दा अधिकांश बन्द छन् भने बाँक पिनि धाराशयी भएको छ ।
अर्को्तिर, आफ्नै मुलुकले दिन सक्ने उपभोग्य सामाग्री अबौँ तिरेर बाहिरबात आयात गर्नुपने अवस्था आएको छ । मुलु्कलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन् ।
प्रजातन्त्र पुनस्र्थापनाभएपछि २०४८ मा एकै दिन मन्त्रिपरिषद्बाट चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लियो ।
नेपाल आत्मनिर्भर बनोस् भनेर छिमेकी देशले खोलिदिएका हेटौँडा कपडा उद्योग, ट्रली बस, हिमाल सिमेन्ट, भृकुटी कागजलगायत कलकारखाना राजनीतिक सिकारले बन्दै भए । नागरिकबाट