विज्ञको सुझावपछि मात्रै न्यायाप्रणाली र निर्वाचन प्रणालीमा सहमति खोजिने

929
  •  
  •  
  •  

काठमाडौं ९ कात्तिक (ओएनएस) : निर्वाचन प्रणााली र न्याया प्रणालीका विषयमा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले विज्ञहरुसँग छलफल गर्ने भएको छ । न्यायाप्रणालीका विषयमा पूर्व प्रधानन्यायाधीश र निर्वाचन प्रणालीका विषयमा पूर्व निर्वाचन आयुक्तहरुसँग छलफल सुरु भएको छ । बिहान तीनादलका शीर्ष नेताहरुसहित बस्ने बैठकमा पहिलो चरणमा प्रधानन्यायाधीश र पूर्व प्रधानन्यायाधीशहरुसँग छलफल हुनेछ ।

अहिले  समितिले न्यायाप्रणालीका विषयमा छलफल गर्ने समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए । उहाँको सुझावका आधारमा दिउँसो तीनदलको बैठकमा छलफल हुनेछ । आजै निर्वाचन प्रणालीका विषयमा वर्तमान र पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल हुनेछ । निर्वाचन प्रणालीका विषयमा बिहान १० बजेपछि छलफल तय गरिएको छ ।


  •  
  •  
  •