लेखा समितिले माग्यो पाँच वर्षको रकमान्तर विवरण

1318
  •  
  •  
  •  

काठमडौं, २५ जेठ (ओएनएस) आर्थिक बर्षको अन्त्यमा रकमान्तरको बिषयलाइ लिएर विपक्षी दलले संसद अबरुद्ध गरिरहेको समयमा व्यबस्थापिका संसदको सार्बजानिक लेखा समितिले पछिल्लो पाँच बर्षको रकमान्तरको बिवरण पाँच दिनभीत्र पेशगर्न अर्थ मन्त्रालयलाइ निर्देशन दिएको छ ।

संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले चालु आर्थिक बर्ष सहित विगत पाँच बर्षको रकमान्तरको विबरण माग गर्ने निर्णय गरेको हो ।
लेखाले चालु आर्थिक बर्षमा विभिन्न मन्त्रालयकालागि विनियोजित बजेटमध्ये हालसम्म भएको खर्च विबरण र खर्च हुन नसक्नुको कारण समेत पठाउन बिभिन्न मन्त्रालयलाइ निदेशन दिएको छ । समितिका जेष्ठ सभासद् कृष्णकुमार राईको सभापतित्वमा बसेको बैठकमा सभासद्हरुले रकमान्तर गरेर छोटो समयमा बजेट खर्चगर्ने संस्कार बन्द गर्नुपर्ने बताएका थिए ।

उनिहरुले रकमान्तर गरेर कार्यकर्ता पोस्ने प्रबृत्ति अन्त्यगर्न संसदले नीतिगत सुधार र निर्देशन गर्नुपर्ने बताएका थिए । रकमान्तरको बिषयलाइ लिएर अर्थमन्त्री डा रामशरण महत र पूर्व अर्थमन्त्री डा बावुराम भट्टराइबीच ट्वीटरमा जुहारी चलेको छ । काग्रेस सभासद्ले भट्टराई अर्थमन्त्री रहेको समयमा माओवादी सरकारले झन धेरै रकमान्तर गरेको आरोप लगाएका छन् ।

नेप्से ४ अंकले बढ्यो, सेन्चुरीको कारोवार सुरु साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य बृद्धि भएको छ । ३ दशमलव ८८ अंकले बढेर आइतवार नेप्से ८ सय ८३ दशमलव २१ बिन्दुमा पुगेको छ । बिमा र होटल समूह बाहेक अन्य सबै समूहका शेयर बढ्दा समग्र नेप्से उकालो लागेको हो ।

नेप्से बढ्संगै ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव २१ अंकले बढेर १८९ दशमलव ८६ बिन्दुमा पुगेको छ । आइतवार १ सय ३० कम्पनीका ३१ सय ८९ कारोबारबाट ३८ करोड बराबरका शेयर खरिद बिक्री भएका छन् । यसैबीच, सेन्चुरी कमर्सियल बैकले आजदेशी शेयर बजारमा कारोबार सुरु गरेको छ । सेन्चुरीको प्रतिकित्ता शेयर २ सय ८० रुपैयामा लिष्टिङ भएको छ


  •  
  •  
  •