लागु औषध सहित एक जना पक्राउ

656
  •  
  •  
  •  

दिलीप सिंह, सिरहा, २२ जेठ (ओएनएस): सिरहाबाट आगु औषध सहित एक जनालाई इलाका प्रहरी कार्यालय महेश्वारीले पक्राउ गरेको छ । भारतीय बजार लौकहाबाट फर्किदै गरिरहेको अवस्था प्रहरीले चेकजाच गर्दा सप्तरी जिल्ला मधुपट्टी गाविस ७ बस्ने बिरगुल साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट लागुऔषध फोरपिपन १६ थान, डाइजिपाप १६ थान, लुपिजेसिक १६ र फेनारगन १५ सहित ६३ थान प्रतिबन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।


  •  
  •  
  •