लागु औषधका फरार प्रतिवादीलाई ४ बर्ष जेल सजाय

1017
  •  
  •  
  •  

दिलीप सिंह, सिरहा, २२ जेठ (ओएनएस): लागु औषध ओसारपोसारमा संलग्न एक जनालाई जिल्ला अदालत सिरहाले ४ बर्ष कैद सजाय सुनाएको छ । सिरहा जिल्ला भगवानपुर गाविस वडा नम्बर २ घर भएका बर्ष ४२ को जोखन मण्डललाई सिरहा अदालतले सजाय तोकेको हो  । जेठ १९ गते सिरहा जिल्ला अदालतका न्यायधीश विनोद पोखरेलको एकल इजलाशले मण्डललाई जेल चलानका लागि आदेश गरेको जिल्ला अदालत सिरहाले जनाएको छ ।

मण्डललाई २०७० साल माघ २६ गतेको इजलासले ४ बर्ष जेल सजाय र २५ हजार रुपैया जरिवाना तोकेको थियो । सोही फैसलाले फरार रहेको मण्डललाई इलाका प्रहरी कार्यालय लहानले गएको जेठ १८ गते छपराडी बजारबाट पक्राउ गरेर जेठ १९ गते जिल्ला अदालत सिरहामा बुझाएको थियो । मण्डलले भारततर्फ लग्दै गरेको अवस्थामा सखुवा नन्कारकट्टी गाविसबाट २०६८ साल जेठ १८ गते एक सय ७७ किलोग्राम गाजा प्रहरीले बरामद गरेको थियो । सोही समयदेखी मण्डल फरार थिए ।


  •  
  •  
  •